एन आई सी एशिया बैंक र राष्ट्रिय बिमा संस्थान बिच बैंकासुरेन्स सम्झौता

18.06.2019

एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय बिमा संस्थानसँग बैंकासुरेन्स सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २८४ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा राष्ट्रिय बिमा संस्थानको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू र संस्थानका तर्फबाट प्रशासक श्री कवि प्रसाद पाठकज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA