एन आई सी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच सम्झौता

07.07.2019

एन आई सी एशिया बैंक लिमिटेड र सुजुकी ड्राइभिङ स्कुल प्रा.लि. ललितपुरका बीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकवर्गहरुलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सम्पूर्ण सेवामा QR पेमेन्ट  तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०%  सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । QR पेमेन्टका लागि सर्वसाधारणले एन आई सी एशियाको मोबाइल एपमार्फत् QR कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नुहुनेछ र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

NIC ASIA