एन आई सी एशिया बैंक र ग्लोबल हस्पिटल, ग्वार्कोबीच सम्झौता

15.07.2019

एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज श्री रौनक करवाज्यू र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख श्री हिमान्सु झाज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA