एन आई सी एशिया बैंक र मेघा हस्पिटल, ललितपुरबीच सम्झौता

18.07.2019

एन आई सी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रा.लि. धोबिघाट, ललितपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकवर्गलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्म र फार्मेसीमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज श्री रौनक करवाज्यू र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष श्री किशोर जंग राणाज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA