एन आई सी एशिया बैंक उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

24.07.2019

एन आई सी एशिया बैंक लिमिटेड द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ । माननीय अर्थमन्त्री युवराज खतिवडाज्यूले मंगलबार आइक्यानद्वारा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गर्नुभयो । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एन आई सी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

NIC ASIA