Skip to main content

एन आई सी एशिया बैंक र “सेल पे”बीच सम्झौता

01.08.2019

एन आई सी एशिया बैंकले डिजिटल फाइनान्सियल पार्टनरहरुसँगको सहकार्यलाई अघि बढाउँदै हिजोबाट संचालनमा आएको “सेल पे” सर्भिसमा ग्राहकहरुले पूर्णरुपमा सुविधा उपभोग गर्न पाउने गरी सेल पेसँग सम्झौता गरेको छ । सेल पे इलेक्ट्रोनिक पेमेन्ट गेटवे हो जहाँ मोबाइल र वेभ एप्लिकेसनको माध्यमबाट बैंकका ग्राहकहरुले आफ्नो खाता प्रयोग गरी विभिन्न कम्पनीहरुका बिलहरु जस्तै बिजुली, खानेपानी, इन्टरनेट, टिभी साथै स्कुल, रेष्टुरेन्टको बिल भुक्तानी गर्न, अन्तरबैंक फण्ड ट्रान्सफर आदिको सुविधा प्राप्त गर्न सक्नुहुनेछ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू र सेल पेको तर्फबाट प्रबन्ध निर्देशक श्री पवन प्रधानज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA