एन आई सी एशिया बैंक लि.कोे कञ्चनपुर भन्सार कार्यालय विस्तारित काउण्टर सञ्चालनमा

18.08.2019

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि विस्तारित  काउण्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित काउण्टर यही भाद्र १ गतेबाट सञ्चालनमा ल्याइएको छ । बैंकले सञ्चालनमा ल्याएको यस विस्तारित काउण्टरको समुद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुशिल वैद्यज्यूले गर्नुभयो । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डेज्यू, नेपाल सरकार भन्सार विभागका निर्देशक श्री शिशिर घिमिरेज्यू, कञ्चनपुर भन्सार कार्यालयका प्रमुख श्री भिम प्रसाद अधिकारीज्यू, कैलाली भन्सार कार्यालय प्रमुख श्री ईश्वरी अर्यालज्यू र कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री जंग बहादुर मल्लज्यू लगायत महानुभावहरुको उपस्थिती रहेको थियो । 

NIC ASIA