एन आई सी एशियाको वोनश तथा नगद लाभांश घोषणा

28.08.2019

एन आई सी एशिया बैंक लिमिटेडको आज मिति २०७६÷०५÷११ मा सम्पन्न सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई आ.व. ०७५÷०७६ को लागि प्रति शेयर रु.१०(१०%) ले हुन आउने रकम रु. ८८,३४,२२,८७०÷– शेयर लाभांश तथा रु. ११.०५२६ (११.०५२६५) ले हुन आउने रकम रु. ९७,६४,१४,७५१÷– नगद लाभांश (कर प्रयोजनको लागि समेत गरेर) दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनी महानुभावहरुलाई वितरण गरिनेछ ।

NIC ASIA