एन आई सी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन ललितपुर जिल्ला अदालत, लगनखेल परिसरमा राख्ने सहमति

10.09.2019

एन आई सी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री सुधिर नाथ पाण्डेज्यू र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार श्री नगेन्द्र कुमार कालाखेतीज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA