एन आई सी एशिया बैंक र लोक सेवा आयोगबीच लोक सेवा आयोगको राजश्व संकलन गर्ने सम्झौता

19.09.2019

एन आई सी एशिया बैंक लिमिटेड र लोक सेवा आयोगबीच लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व एन आई सी एशिया बैंकमार्फत् संकलन गर्ने सम्झौता भएको छ । सो सम्झौता अनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नुहुनेछ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यू र लोक सेवा आयोगको तर्फबाट सहसचिव श्री जानकीराम शर्मा बरालज्यूले हस्ताक्षर गर्नुभयो । 

NIC ASIA