एन आई सी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

21.12.2017

नेपालको बैंकिब क्षेत्रमा उच्चस्तरीय वित्तीय सेवा प्रदान गरेर सर्वाधिक लोकप्रिय बनेको एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं । यस बैंकले २०७४ पुस ३ गते  World HRD Congress, Employer Branding Institute and Stars of the industry Group द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित NEPAL BFSI EXCELLENCE & LEADERSHIP AWARDS 2017 कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको BEST BRAND AWARD (BANKING SECTOR) / BEST EMPLOYER BRAND AWARD पाउन सफल भएकोछ |

World CSR Day & World Sustainability का संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा माननीय अर्थराज्यमन्त्री श्री उदयशमशेर जबराद्वारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिब, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

NIC ASIA