एन आई सी एशिया बैंकका ९ नयाँ शाखाहरुको समुद्घाटन

2017-05-17

एन आई सी एशिया बैंकको विभिन्न ९ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज मिति २०७४ जेष्ठ ३ गते एक समारोहका बिच विधिवत् समुद्घाटन सम्पन्न भयो । ती शाखाहरु मध्ये सौ(फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, श्री सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई  स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, श्री कृष्ण प्रसाद शर्माले,  भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, श्री भिम बहादुर थापा (भरत)ले, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक श्री गुरु प्रसाद पौडेलले, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, श्री गुण राज श्रेष्ठले, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष, श्री ज्ञान बहादुर बिसुरालले, दुलेगौडा स्थित ९९ औं एवं भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष, श्री कृष्ण राज पण्डितले, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजन गौतमले गर्नु भयो । यी ९ शाखाका विधिवत् समुद्घाटनसँगै एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

लक्ष्मण रिसाल
प्रमुख कार्यकारी अधिकृत

Last visited : 2017-12-03 nicasia.com : https://www.nicasiabank.com/retail/cards
Top