Skip to main content

प्रेस विज्ञप्ति

18.03.2018

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालज्यूले आफ्नो पदवाट दिनुभएको राजीनामा  आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । श्री न्यौपानेज्यूले बैंकको दीर्घकालीन योजना तथा रणनीति तर्जुमा र कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ । प्रमुख आन्तरिक लेखापरीक्षकको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका श्री न्यौपानेज्यू एन आई सी एशिया बैंकलाई देशकै अग्रणी बैंकहरुमध्येको एक बैंकको रुपमा स्थापित गराउने अभियानका मुख्य अभियन्ता समेत हुनुहुन्छ ।

NIC ASIA