एन आई सी एशिया बैंकका ४ नयाँ शाखाहरुको सम७३घढसद्घाटन

17.05.2017

एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज मिति २०७४ जेष्ठ ४ गते एक समारोहका बिच विधिवत् समुद्घाटन सम्पन्न भयो । ती शाखाहरु मध्ये मणिग्राम स्थित १०२ औं शाखाको उद्घाटन तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष, श्री गुणानिधि भण्डारी (माधव) ले, नयाँ पुल कास्की  स्थित १०४ औं शाखाको उद्घाटन नयाँ पुल कास्की निवासी श्री कुल बहादुर गुरुङले, सालझण्डी स्थित १०५ औं शाखाको उद्घाटन सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष श्री राज बहादुर क्षेत्री एवं सैनामैना व्यापार संघका अध्यक्ष, श्री दुर्गा प्रसाद गौतमले संयुक्त रुपमा र रुद्रपुर स्थित १०७ औं शाखाको उद्घाटन  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रय सदस्य, श्री सुरेन्द्र प्रसाद श्रेष्ठले गर्नु भयो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।


लक्ष्मण रिसाल
प्रमुख कार्यकारी अधिकृत

NIC ASIA