एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचार गर्दा १० प्रतिशत छुट सुविधा
15.08.2025
एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (Annapurna Neurological Institute & Allied Sciences) र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहक महानुभावहरुले In house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, ICU र Surgery Charge सेवामा १० प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।
उक्त अस्पतालसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
अर्जुन राज खनिया
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)