एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आईएमई हस्पिटालिटीमा १० प्रतिशत छुट सुविधा उपलब्ध
26.12.2025

एन आई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख श्री विमल लम्सालज्यू र आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रसन्न अधिकारीज्यूले हस्ताक्षर गर्नुभयो ।
यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक महानुभावहरूलाई आईएमई हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रेष्टुरेन्ट तथा केबलकार सेवाहरूमा १० प्रतिशतको आकर्षक छुट उपलब्ध हुने समझदारी भएको छ । जसमा आईएमई हस्पिटालिटीले आफ्ना विभिन्न सेवाहरू जस्तै होटल ले हिमालय (लाजिम्पाट), इला होटल्स एण्ड रिसोट्र्स (मौलाकाली), इला कम्फर्ट (बाग्लुङ), द लेकसाइड रिसोर्ट (पोखरा), सेक एण्ड फेंग रेष्टुरेन्ट (लाजिम्पाट), मौलाकाली केबलकार र लुम्बिनी केबलकारमा १० प्रतिशतसम्म छुट उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
जयन्द्र रावल
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
