ग्राहक पहिचान (KYC) सम्बन्धी विवरण अद्यावधिक सम्बन्धमा
07.06.2024
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशन २०७९ बमोजिम यस एन आई सी एशिया बैंक लिमिटेडका सम्पूर्ण खातावाला ग्राहकहरु साथै खाता संचालक र वास्तविक धनी समेतको ग्राहक पहिचान विवरण ९प्थ्ऋ० अनिवार्य रुपमा अद्यावधिक गर्नुपर्ने भएकाले यस बैंकका सम्पूर्ण खातावाला ग्राहक महानुभावहरु तथा खाता संचालकहरुलाई निम्नानुसारको व्यहोरा जानकारीको लागि सादर अनुरोध गर्दछौं ।
ग्राहक पहिचान सम्बन्धी विवरण अद्यावधिक गर्न बाँकी रहेका सम्पूर्ण खातावाला ग्राहकहरुका साथै खाता संचालक र वास्तविक धनी समेतले आफ्नो खाता रहेको सम्बन्धित शाखा वा आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो पहिचान विवरण अद्यावधिक गराउनुहुनका साथै ९प्थ्ऋ० विवरण अद्यावधिक गरी सक्नुभएका ग्राहक महानुभावहरुको विवरणमा (जस्तै घर÷कार्यालयको सम्पर्क ठेगाना, सम्पर्क टेलिफोन÷मोबाइल नम्बर, अनुमानित बार्षिक कारोबार आदि) कुनै परिवर्तन भएको भए तथा यस अघि बुझाउन बाँकी रहेका कागजात विवरण, परिवर्तित थप विवरण तथा नवीकरण अद्यावधिक भएका कागजातका साथै खातावाला ग्राहकहरुले देहाय बमोजिमका व्यक्तिहरुको ल्याप्चे सहिछाप समेत अद्यावधिक गराउनुहुन अनुरोध गरिन्छ । अन्यथा सम्बन्धित खाता रोक्का राख्न बैंक बाध्य हुने व्यहोरा यसै सूचना मार्फत सम्बन्धित सबैलाई जानकारी गराउँदछौं ।
(क) प्राकृतिक व्यक्तिको हकमा खातावाला र खाता संचालक अन्य व्यक्ति रहेकोमा निजको समेत,
(ख) कानूनी व्यक्ति वासंस्थाहरुको हकमा खाता संचालक तथा संस्थाको प्रकृति अनूसार संचालक समितिका सदस्यहरु, कार्यकारी समितिका सदस्यहरु, हिताधिकारी तथा १० प्रतिशत वा सो भन्दा बढी प्रत्यक्ष अप्रत्यक्ष स्वामित्व हुने प्राकृतिक व्यक्तिहरुको व्यक्तिगत विवरण र कागजात समेत अद्यावधिक गराईदिनहुन सम्बन्धित सबैलाई जानकारी गराउँदछौं ।
यसबाट आदरणीय ग्राहक महानुभावहरुलाई पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी छ । ग्राहक पहिचान विवरण ९प्थ्ऋ० अद्यावधिक गर्न यस बैंकको वेबसाइट https://onlineaccount.nicasiabank.com/vkyc बाट भर्न सकिने अथवा ग्राहक पहिचान फारम ९प्लयध थयगच ऋगकतयmभच० यस बैंकको वेबसाइट https://www.nicasiabank.com/downloads बाट समेत डाउनलोड गर्न सकिने छ ।