एन आई सी एशिया बैंक लि.कोे थप शाखारहित बैंकिङ सेवा कावासोतीमा संचालन
02.05.2019
एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेष्ठ १७ गतेबाट संचालनमा ल्याइएको छ । बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन कावासोती नगरपालिका उप–मेयर श्री प्रेम शंकर मर्दानियाज्यूले गर्नुभयो । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा श्री घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङज्यू) लाई नियुक्त गरिएको छ ।