Skip to main content

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध

10.08.2026

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशनमा भएको व्यवस्थाको अधिनमारही सम्बन्धित बैंक खातावालाले राष्ट्रिय परिचयपत्र (National ID Card) को विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक समेत गर्नुपर्ने भएकोले खातावाला ग्राहक महानुभावहरुलाई राष्ट्रिय परिचयपत्र भए/नभएको विवरण यही २०८३ असोज मसान्तसम्ममा स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध छ ।

यस बैंकका खातावाला ग्राहक महानुभावहरुले राष्ट्रिय परिचयपत्र भए/नभएको  विवरण अद्यावधिक गर्न यस बैंकको मोबाइल बैंकिङ्ग एप (MoBank) वा बैंकको वेबसाइटमा उपलब्ध आईसर्भ (iServe) बाट सजिलैसँग आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नुहुनेछ । मोबैंकको लागि MoBank लग ईन गरी Banking Services अन्तर्गत Update NID मार्फत र यस बैंकको वेबसाइटमा https://iserve.nicasiabank.com/customer-services/nid-update बाट सजिलै राष्ट्रिय परिचयपत्रको विवरण भए/नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नुहुनेछ । त्यसैगरी, विदेशमा बसोबास गरिरहनुभएका नेपाली नागरिकले विदेशमै बसी अनलाइनमार्फत राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बाहेकका अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न सक्नुहुने र यसरी खोलिने खाताका सम्बन्धित खातावालाहरु नेपाल फर्किनुभएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्र विवरण अद्यावधिक गर्न हुने समेत अनुरोध छ ।  

साथै, ग्राहक महानुभावहरुले आफूलाई पायक पर्ने यस बैंकको कुनै पनि शाखा कार्यालयमा गई आफ्नो राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नुहुनेछ ।

जयन्द्र रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA