Skip to main content

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई टोयोटा ब्राण्डका गाडी खरिदमा आकर्षक ब्याजदरसहित अन्य विशेष सुविधाहरु उपलब्ध

01.10.2026

एन आई सी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बीच बैंकका ग्राहक महानुभावहरूलाई टोयोटा ब्राण्डका विभिन्न सवारी साधनहरू खरिदमा आकर्षक ब्याजदर सहित अन्य विशेष सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट चिफ बिजनेस अफिसर, रिटेल बिजनेस श्री अमित के.सी. ज्यू र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट उपमहाप्रबन्धक श्री रेखा शाह कार्कीज्यूले हस्ताक्षर गर्नुभयो ।

यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त कम्पनीले बेच्दै आएका टोयोटा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याज दर सुविधा लिने चाहने ग्राहक महानुभावहरुले औसत आधार दरमा थप १ प्रतिशत ब्याज सुविधामा सवारी साधन कर्जा प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, स्थिर ब्याजदरको सुविधा लिन चाहने ग्राहक महानुभावहरुका लागि भने ७ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदर सुविधामा कर्जा प्राप्त गर्न सक्नुहुनेछ । त्यस्तै, अन्य सुविधाहरुमा प्रशासनिक सेवा शुल्कमा २५ Basis Point छुट, छिटो र छरितो रुपमा कर्जा उपलब्ध गराउने ब्यवस्था बैंकले मिलाएको छ ।

बैंकले उपलब्ध गराएको यस सवारी साधन कर्जा सुविधा मार्फत ग्राहक महानुभावहरुले टोयोटा ब्राण्डका उत्कृष्ट तथा लोकप्रिय गाडीहरु खरिद गर्न सक्नुहुनेछ ।

जयन्द्र बहादुर रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA