एन आई सी एशिया बैंकको सञ्चालक समितिबाट आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत

16.01.2025

प्रेस विज्ञप्ति
माघ ३, २०८१

एन आई सी एशिया बैंकको सञ्चालक समितिबाट आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत


मिति २०८१/०९/२९ गते सम्पन्न एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको ६९४औं बैंठकले यस बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्नुका साथै सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ । बैठकले आ.व. २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्नुका साथै नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । 

अर्जुन राज खनिया
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA