Skip to main content

एन आई सी एशिया बैंकद्वारा मुगु, डोटी, र मोरङ जिल्लाका चारवटा सामुदायिक विद्यालयलाई सहयोग प्रदान

12.10.2026

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छायाँनाथ रारा नगरपालिका–३, मुगुस्थित श्री हिमालय आधारभूत विद्यालय, आदर्श गाउँपालिका–२, साउदकाँडा, डोटीस्थित श्री नमादेव माध्यमिक विद्यालय,  दिपायल सिलगढी नगरपालिका १, तिखा, डोटीस्थित श्री मगलेक माध्यमिक विद्यालय र जहदा गाउँपालिका–३, मोरङस्थित श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ विद्यालय पोशाक, झोला, शैक्षिक सामग्री र पानी शुद्धिकरण प्लान्ट उपलब्ध गराएको छ । 

हाल ४८ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री हिमालय आधारभूत विद्यालयमा मिति २०८३ आश्विन २३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका कर्णाली सर्कल हेड श्री जीवन शाहीज्यू र मुगु शाखा प्रमुख श्री विश्वराज बुढाज्यूले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री लोक बहादुर मल्लज्यूलाई विद्यालय पोशाक, झोला र विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी, ३७५ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री नमादेव माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री केशव राज ओझाज्यू र २९५ भन्दा धेरै विद्यार्थीहरु रहेको मगलेक माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक श्री पुस्कर बहादुर साउदज्यूलाई मिति २०८३ आश्विन २२ गते एक विशेष कार्यक्रमकाबीच यस बैंकका दिपायल शाखा प्रमुख श्री सुधिर भण्डारीज्यूले प्रत्येक विद्यालयलाई पोशाक, झोला तथा शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । त्यस्तै, १०७ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री बाललक्ष्मी आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका विराटनगर सर्कल हेड श्री दशरथ पराजुलीज्यूले उक्त विद्यालयका प्रधानाध्यापक श्री बलेश्वर राजवंशीज्यूलाई पानी शुद्धिकरण प्लान्ट जडान गरी हस्तान्तरण गर्नुभयो ।

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

जयन्द्र बहादुर रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA