एन आई सी एशिया बैंकद्वारा बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयलाई विशेष सहयोग प्रदान
24.11.2026
एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हिमाली गाउँपालिका–०७, बाँधु, बाजुरास्थित श्री जनता माध्यमिक विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले विशेष सहयोग प्रदान गरेको छ ।
दुर्गम क्षेत्रमा रहेको १२७ भन्दा धेरै विद्यार्थीहरु अध्ययरत उक्त विद्यालयमा मिति २०८३ मंसिर ४ गते आयोजित एक विशेष कार्यक्रमका बीच यस बैंकका बाजुरा शाखाका शाखा प्रमुख श्री राम बहादुर बुढाज्यूले उक्त विद्यालयका प्रधानाध्यापक श्री मोहन जंग शाहीज्यूलाई विद्यार्थीहरुका लागि विद्यालय पोशाक हस्तान्तरण गर्नुभयो ।
बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
जयन्द्र बहादुर रावल
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
