Skip to main content

एन आई सी एशिया बैंकद्वारा ललितपुर, कालिकोट, डोटी, अछाम र गोरखा जिल्लाका ६ वटा सामुदायिक विद्यालयलाई विशेष सहयोग प्रदान

08.10.2026

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालिका–१, गोदामचौर, ललितपुरस्थित श्री दमाइटार आधारभूत विद्यालय, नरहरीनाथ गाउँपालिका–६, कालिकोटस्थित श्री नन्दादेवी माध्यमिक विद्यालय, शिखर नगरपालिका–५, तिजाली, डोटीस्थित श्री राधाकृष्ण माध्यमिक विद्यालय, बान्नीगढी, जयगढ, अछामस्थित श्री नन्दा माध्यमिक विद्यालय र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका साथै गोरखा नगरपालिका–३, नरेश्वर, गोरखास्थित श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर र शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ । 

हाल ९९ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री दमाइटार आधारभूत विद्यालयलाई २०८३ आश्विन २१ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका काठमाडौं साउथ सर्कल हेड श्री उज्ज्वल रिमालज्यू, चापागाउँ शाखा प्रमुख तुलसी ढुंगाना र सीएसआर तथा फाइनान्सियल इन्क्लुजन इन्चार्ज श्री ठाकुर श्रेष्ठज्यूले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री अमृतनाथ गौतमज्यूलाई पानी शुद्धिकरण प्लान्ट र विद्यालय पोशाक हस्तान्तरण गर्नुभयो । त्यसैगरी, ४७२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री नन्दादेवी माध्यमिक विद्यालयलाई २०८३ आश्विन १९ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका कालिकोट शाखा प्रमुख श्री प्रकाश शाहीज्यूले उक्त विद्यालयका प्रधानाध्यापक श्री प्रेम बहादुर थापाज्यूलाई विद्यालय पोशाक, झोला र अन्य शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । त्यसैगरी, हाल ३०४ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री राधाकृष्ण माध्यमिक विद्यालयलाई मिति २०८३ आश्विन १५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका दिपायल शाखा प्रमुख श्री सुधिर भण्डारीज्यूले उक्त विद्यालयका उपप्रधानाध्यापक श्री सुरेन्द्र भट्टज्यूलाई झोला, एक थान प्रोजेक्टर र शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । 

त्यसैगरी, १६२ भन्दा धेरै विद्यार्थीहरु रहेको श्री नन्दा माध्यमिक विद्यालयका उपप्रधानाध्यापक श्री दयानन्द पन्तज्यू र श्री राष्ट्रभाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री भिम बहादुर सुनारज्यूलाई मिति २०८३ आश्विन १३ गते यस बैंकका साँफेबगर शाखा प्रमुख श्री सुरेन्द्र बहादुर थापाज्यूले प्रत्येक विद्यालयलाई दुई थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो । त्यसैगरी, १८५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री विन्ध्यवासिनी माध्यमिक विद्यालयलाई मिति २०८३ आश्विन ६ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका पोखरा सर्कल हेड श्री श्वेता शेरचन तुलाचनज्यू र गोरखा शाखा प्रमुख श्री दीपेन्द्र रेग्मीज्यूले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री गणेश राज सापकोटाज्यूलाई झोला र शैक्षिक सामग्रीहरु हस्तान्तरण गर्नुभयो । 

बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

जयन्द्र बहादुर रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA