एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई हेल्थी च्वाइस एस्थेटिक हस्पिटलमा २० प्रतिशतसम्म छुट सुविधा
12.08.2026
एन आई सी एशिया बैंक लिमिटेड र बालुवाटार, काठमाडौंस्थित हेल्थी च्वाइस एस्थेटिक हस्पिटल प्रा.लि.बीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार ग्राहक महानुभावहरुले उक्त हस्पिटलमा सेवा लिँदा विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
ग्राहक महानुभावहरुले हेयर ट्रान्सप्लान्टेसन एण्ड रेस्ट्रोरेसन, डरमाटोलोजी एण्ड स्किन ट्रिटमेन्ट, एस्थेटिक एण्ड बडी स्लिमिङ अन्तर्गतका हस्पिटलले प्रदान गर्ने विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । त्यसैगरी, प्लाष्टिक सर्जरी अन्तर्गतका सेवाहरुमा ५ हजारदेखि १० हजारसम्मको छुट सुविधा उपलब्ध रहेको छ भने औषधि, युएसजी, टीएमटी, ईसीजी जस्ता सेवाहरुमा १० प्रतिशतको सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
जयन्द्र रावल
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
