एन आई सी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु.२ करोड २१ लाख सहयोग प्रदान
27.08.2026
एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको रु २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ । बैंकका अध्यक्ष श्री अशोक कुमार अग्रवालज्यू र प्रमुख कार्यकारी अधिकृत श्री सुजित कुमार शाक्यज्यूले संयुक्त रुपमा नेपाल सरकारका माननीय अर्थमन्त्री श्री डा.स्वर्णिम वाग्लेज्यूलाई २०८३/५/११ गते उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । मिति २०८३/५/१० गते विहान भोटेकोशी नदीमा आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग जिल्ला लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराएको हो ।
आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंक परिवार दुःख व्यक्त गर्दछ । साथै, उक्त बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौं । हालसम्म सम्पर्कमा नआउनु भएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
जयन्द्र बहादुर रावल
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
