Skip to main content

एन आई सी एशिया बैंकद्वारा कैलालीका तीन विद्यालय र मकवानपुर जिल्लाको मामाघर नेपाल संस्थालाई सहयोग प्रदान

22.09.2026

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्ला, टिकापुर नगरपालिका–९, झुङ्गास्थित श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित श्री भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय, सोही जिल्लाको टिकापुर नगरपालिका–१ मा रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र हेटौंडा–४, कान्तिराजपथ, मकवानपुर अवस्थित सामाजिक संस्था मामाघर नेपाल मकवानपुरलाई उक्त संस्थामा आश्रित सहारा आवश्यकता भएका बालबालिकाको बसाई अझ सहज होस् भन्ने उद्देश्यका साथ सहयोग उपलब्ध गराएको छ । 

हाल १९६ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री सेती मैयाँ चौधरी माध्यमिक विद्यालयमा मिति २०८३ आश्विन ०५ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका धनगढी सर्कल हेड श्री दिपक विष्टज्यू र टिकापुर शाखा प्रमुख श्री लोक बहादुर विष्टज्यूले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री पतीराम चौधरीज्यूलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो । त्यसैगरी, ११७७ भन्दा धेरै विद्यार्थीहरु रहेको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई सोही मितिमा यस बैंकका धनगढी सर्कल हेड श्री दिपक विष्टज्यू र टिकापुर शाखा प्रमुख श्री लोक बहादुर विष्टज्यूले संयुक्त रुपमा उक्त विद्यालयका प्रधानाध्यापक श्री प्रेम बहादुर चौधरीज्यूलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो । त्यस्तै, १०२ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत श्री भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई पनि उक्त मितिमा यस बैंकका धनगढी सर्कल हेड श्री दिपक विष्टज्यू र टिकापुर शाखा प्रमुख श्री लोक बहादुर विष्टज्यूले संयुक्त रुपमा उक्त विद्यालयका अध्यक्ष श्री वीर बहादुर खड्काज्यूलाई एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गर्नुभयो ।

त्यस्तै बाबुआमा नभएका तथा सहारा आवश्यकता भएका २४ भन्दा धेरै बालबालिकालाई खाने बस्ने सुविधा सहित सहारा दिइरहेको मामाघर नेपाल मकवानपुरलाई मिति २०८३ आश्विन २ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस श्री अमित के.सी.ज्यू र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीज्यूले संयुक्त रुपमा मामाघर नेपाल मकवानपुरका कोषाध्यक्ष श्री ईश्वर सिल्वालज्यूलाई आवश्यक खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गर्नुभयो । 

बैंकले उक्त विद्यालयहरु तथा आश्रमलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न र आश्रममा आश्रितहरुको बसाई अझ सहज बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

जयन्द्र बहादुर रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA