Skip to main content

एन आई सी एशिया बैंकद्वारा दक्षिणकाली, काठमाडौंस्थित श्री कृष्ण माध्यमिक विद्यालयलाई सहयोग प्रदान

21.08.2026

एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छैमले, दक्षिणकाली नगरपालिका–८, काठमाडौंमा अवस्थित श्री कृष्ण माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ सहयोग आवश्यकता भएका गरिब तथा विपन्न विद्यार्थीहरुका लागि बैंकले विद्यालय पोशाक र शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ ।  

बैंकले उक्त विद्यालयमा अध्यनरत २०६ भन्दा धेरै विद्यार्थीहरुको पठनपाठन अझ गुणस्तरीय र सहज बनोस् भन्ने उद्देश्यका साथ गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि भनेर ट्रयाकसुट, टिसर्ट र विभिन्न शैक्षिक सामग्रीहरु विद्यालयलाई प्रदान गरेको छ । मिति २०८३ भाद्र ०४ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका काठमाडौैं दक्षिण सर्कल हेड श्री उज्ज्वल रिमाल र फर्पिङ शाखा प्रमुख श्री सुदिप रेग्मीज्यूले उक्त विद्यालयका प्रधानाध्यापक श्री रमेश आचार्यज्यूलाई उक्त सहयोग हस्तान्तरण गर्नुभयो । 

बैंकले उक्त विद्यालयलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

जयन्द्र रावल

सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)

NIC ASIA