एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई आईएमई हस्पिटालिटी अन्तर्गतका होटल तथा केवलकार सेवामा १० प्रतिशत छुट सुविधा
15.09.2026
एन आई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख श्री पुजन लाल अमात्यज्यू र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण थापाज्यूले हस्ताक्षर गर्नुभयो ।
यस समझदारी अनुसार ग्राहक महानुभावहरुले आईएमई हस्पिटालिटी अन्तर्गत विभिन्न ठाउँमा सञ्चालनमा रहेका होटल तथा केवलकारहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ । ग्राहक महानुभावहरुले इला होटल्स एण्ड रिसोर्ट, मौलाकालिका, इला कम्फोर्ट, बाग्लुङ्ग, इला कम्फोर्ट, हर्कपुर र सेक एण्ड फेङ्ग रेष्टुरेन्ट, लाजिम्पाटमा उक्त सुविधा प्राप्त गर्न सक्नुहुनेछ । त्यसैगरी, मौलाकालिका केवलकार र लुम्बिनी केवलकारमा सेवा लिँदा पनि उक्त सुविधाको उपयोग गर्न सक्नुहुनेछ ।
यी सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । आईएमई हस्पिटालिटीसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विभिन्न ठाउँमा रहेका होटल तथा केवल कारहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
जयन्द्र बहादुर रावल
सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)
